३० आश्विन २०८३, शुक्रबार

म गुटबन्दी गर्दिन : ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-final

काठमाडौँ, २० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नवौं महाधिवेशनपछि गुटबन्दी सकिएको र आफू पनि गुटबन्दी नगर्ने बताउनुभएको छ ।

नेकपा एमाले नवौं राष्ट्रिय महाधिवेशन स्वास्थ्य उपसमितिले राजधानीमा गरेको कार्यक्रममा उहाँले पार्टीलाई एकतावद्ध बनाएर लैजान आफू पनि गुटबन्दी नगर्ने र अरुलाई पनि गुटबन्दी नगर्न आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “निर्वाचनको बेलामा प्रतिस्पर्धा लोकतान्त्रिक अध्यास हुन्छ, तर निर्वाचन सकिएपछि, पार्टीलाई एकढिक्का बनाएर लैजान गुटबन्दीको अन्त्य भएको छ ।”

पार्टीको मुख्य जिम्मेवारी लोकतान्त्रिक संविधान निर्माण गर्नुभएको उल्लेख गर्दै उहाँले एकथान संविधानभन्दा पनि सबै नेपाली जनतालाई मान्य हुने जनप्रिय संविधान बन्नु जरुरी छ भन्नुभयो ।

अध्यक्ष ओलीले सबैको हक अधिकार सुनिश्चित हुने खालको मात्र नभई राष्ट्रलाई एकता कायम गर्ने, मुलुकलाई विखण्डनबाट जोगाउनसक्ने खालको संविधान लेख्नुको पार्टीको अभिभारा भएको बताउनुभयो ।

महासचिव ईश्वर पोखरेलले पार्टीलाई विचार, सिद्धान्त र नयाँ नेतृत्वबाट पार्टी नयाँ शिराबाट आगाडि बढ्ने बताउँदै एमालेको नवौं महाधिवेशनमा आन्तरिकरुपमा निर्वाचनका लागि लोकतान्त्रिक अभ्यास भएपनि दशौँ महाधिवेशनसम्म पुग्दा पार्टीभित्र गुट उपगुट सबै अन्त्य हुने दावी गर्नुभयो ।

कार्यक्रममा नवौं राष्ट्रिय महाधिवेशनमा स्वास्थ्य उपसमिति संयोजक तथा सचिव योगेश भट्टराईले महाधिवेशनमा प्रतिनिधिहरूलाई सकेसम्म स्वास्थ्य सेवा प्रदान गरेको बताउनुभयो ।

महाधिवेशनमा स्थापना गरिएको स्वास्थ्य शिविरमा महाधिवेशन प्रतिनिधि, स्वयमसेवक, पत्रकार, सुरक्षाकर्मीसहित आठ हजार ६८६ जना व्यक्तिले स्वास्थ्य परीक्षण गरेका स्वास्थ्य उपसमितिले तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, महाधिवेशनमा जम्मा दुई हजार १७६ जना प्रतिनिधि रहेको थिए भने २५० जना स्वास्थ्यकर्मी स्वास्थ्य परीक्षणमा संलग्न रहेका थिए  । स्वास्थ्य शिविरका लागि रु ६० लाख बराबरको खर्च लागेको सो अवसरमा निःशुल्करुपमा ९५० चस्मा र औषधि वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा महाधिवेशनमा स्वास्थ्य शिविरमा योगदान पु¥याएका डा.गणेश गुरुङ, डा गोपाल गुरुङसहित २५० स्वास्थकर्मीलाई प्रमाणपत्र तथा मायाको चिनो अध्यक्ष ओलीले प्रदान गर्नुभयो ।