१७ कार्तिक २०८३, मंगलबार

सप्तरीमा मस्जिदमा कुरान पढाउने मौलानाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, १ जेठ । मुश्लीम धर्मालम्बीको धर्मग्रन्थ कुरान पढाएर फर्केका एक व्यक्तिको शनिबार मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कोइलाडी–९ स्थित मस्जिदमा कुरान पढी अन्यलाई समेत पढाई फर्कने क्रममा शुक्रबार अचानक वेहोस भई लड्दा सुनसरी दुहवी–५ बस्ने ४५ वर्षीय अब्दुल मोहिद मौलानाको घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।