३० आश्विन २०८३, शुक्रबार

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पाँच डीनसहित १४ जनालाई निलम्बन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

99999

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पाँच डीनसहित १४ जनालाई निलम्बन गर्न विश्वविद्यालयका उपकुलपतिलाई निर्देशन दिएको छ ।

निलम्बन सिफारिस गरिएका डीनहरुमा मानविकी संकायका पिताम्बर ढकाल, व्यवस्थापन संकायका डा. मस्तबहादुर गरम्जा, विज्ञान संकायका डा. केशरसिंह राना, इन्जिनियरिङ संकायका प्राध्यापक रामचन्द्र अर्याल र शिक्षा संकायका लालमणि आचार्य रहेका छन् ।

त्यसैगरी अख्तिियारले लेखा नियन्त्रक कमल केसी र सहायक प्रशासक गगन सिंह बोहोरालाई पनि निलम्बन गर्न निर्देशन दिएको छ । उपप्राध्यापक गणेशबहादुर राउत, अनुगमन अधिकृत पारसराम गिरी पनि निलम्बनको सूचीमा छन् ।

उपकुलपतिका निजी सहायक सुधन गौली, वरिष्ठ सहायकहरु जीवनकुमार थापा, सत्या थापा, गणेशबहादुर केसी र इन्जिनियर महेश शर्मालाई समेत अख्तियारले निलम्बन गर्न निर्देशन दिइएको छ ।

विश्वविद्यालयको भौतिक संरचना निर्माण, विभिन्न खरिद तथा शिक्षक र कर्मचारी नियुक्तिमा व्यापक आर्थिक अनियमितता गरेको अख्तियारले दाबी गरेको छ ।