काठमाडौं, १ जेठ । तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य गोविन्द थारुको निधन भएको छ ।
पार्टीका उपाध्यक्ष वृषेश चन्द्र लालका अनुसार बर्दिया घर भएका थारुको शनिबार विहान निधन भएको हो ।
‘सम्पूर्ण जीवन लोकतन्त्र रमधेसी, थारु लगायत सीमान्तकृत समुदायको अधिकारका निम्ति संघर्षमा लगाउनु हुने स्व. गोविन्द थारुप्रति तमलोपा हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दछ र उहाँको चीर शान्तिको कामना गर्दछ ।’ तमलोपाका केन्द्रीय उपाध्यक्ष वृषेश चन्द्र लालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
सिंगो पार्टी आन्दोलनमा रहेका बेला नेता थारुको निधनले तमलोपालाई स्तब्ध बनाएको छ ।












प्रतिक्रिया