– योगेन्द्र योगी
संखुवासभा, १ जेठ । गत वर्ष खुला दिसामुक्त घोषणा गरिएपछि घरैपिच्छे चर्पी निर्माण भएका हुन् । बिजुली, शौचालय र यातायात चल्ने कच्ची बाटो पुगेको धुपु गाविसमा खानेपानीको समस्या छ ।
पानीको अभावका कारण घरैपिच्छे निर्माण गरिएका शौचालयहरू पनि प्रयोगविहीन बन्ने अवस्थामा पुगेका छन् । धुपू गाविसमा धारा छ तर पानी आउदैन धारा निर्माण गरेको तीन,चार महिना मात्र पानी आयो त्यसपछि धारामा पानी आएको छैन ।
धारापानी मुहान बाट ल्याएको पानी बिच(बिचमा पानीको पाइप टुट फुट भएको कारण धारामा पानी आएको छैन भने लामो खडेरीले पानीको मुहान सुकेपछि झनै ठूलो संकट परेको छ ।
यहाका स्थानीय बासीहरुले ध्यान नदिएको कारण धारा पनि कामै नलाग्ने अवस्थामा पुगेको स्थानीय भेष बहादुर योगीले बताए । तर, धारामा पानी नआई धारा जीर्ण बन्दै गएको धुपुकै स्थानीय भिम बहादुर श्रेष्ठले बताए ।
‘करोडाँ खर्चेर पनि अहिले धारामा पानी चुहिएको छैन’, श्रेष्ठले भने, ‘अहिले धारा नै भत्किएर लथालिंग हुन लागिसकेका छन् ।’
हरेक वंष गाउँ परिषद् हुन्छ, पानीको समस्या राखो कसैले सुन्दैन राम श्रेष्ठले दुखेसो पोखे । आयोजना नै अलपत्र भएपछि आयोजनाले धुपुमा निर्माण गरेको पानीको ट्याङ्की कामै नलाग्ने अवस्थामा छ ।












प्रतिक्रिया