३१ आश्विन २०८३, शनिबार

शुक्रबार साँझ पत्रकार राजदेव रञ्जनको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पटना, १ जेठ । भारतको बिहारमा एकजना पत्रकारको अज्ञात समूहले गोली हानी हत्या गरेको छ ।

सिवान भन्ने स्थानमा हिन्दुस्तान पत्रिकाका ब्यूरो चिफ राजदेव रञ्जनलाई अज्ञात समूहले शुक्रबार साँझ गोली हानी हत्या गरेको हो ।

मोटरसाइकलमा आएका व्यक्तिहरूले एउटा रेल्वे पुल नजिकै उनीमाथि गोली हानेका थिए ।

रञ्जनको हत्यासँगै बिहारमा जंगल राज सुरु भएको भन्दै मूख्यमन्त्री नीतिश कुमारको आलोचना भएको छ ।

पत्रकार हत्याको विषयलाई लिएर पूर्वमूख्यमन्त्री जितनराम माँझीको पार्टीले नीतिशको राजीनामा नै मागेको छ ।

यसअघि गया जिल्लामा पनि गाडी ओभरटेक गरेको भन्दै एक विद्यार्थीलाई गोली हानी हत्या गरिएको थियो । – एजेन्सी