काठमाडौँ, २० साउन । सञ्चारमन्त्री मिनेन्द्र रिजालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल पुग्नुभएका प्रधानमन्त्री सुशील कोइरालाको पाखुरा समाएको विषयमा स्पष्टीकरण दिनुभएको छ ।
उहाँले प्रधानमन्त्री कोइराला बिरामी भएकाले सहयोग गरेको भन्दै उक्त विषयलाई अतिरञ्जित बनाएकोमा दुःखद व्यक्त गर्नुभएको छ । ‘विषयलाई अतिरञ्जित बनाइयो, यस विषयलाई लिएर प्रधानमन्त्रीका बारेमा चर्चा गर्दा मलाई अत्यन्तै दुःख लागेको छ,’ उहाँले भन्नुभयो, ‘मेरो विषयमा कुरा गर्नु ठिकै होला, तर, प्रधानमन्त्रीलाई जोडेर चर्चा गर्दा दुःख लागेको छ ।’
मोदीलाई स्वागत गर्ने क्रममा सवारी मन्त्री समेत रहनु भएका रिजालले प्रधानमन्त्री कोइरालाको पाखुरामा समाएर तानेको तस्वीर सार्वजनिक भएको थियो । त्यसपछि उहाँको आलोचना सुरु भएको थियो ।
रिजालले रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा मोदीको नेपाल भ्रमणले दुई देशवीचको सम्बन्ध नयाँ उचाइमा पुगेको समेच चर्चा गर्नुभयो । मोदीले भ्रमणका क्रममा सबै पक्षसँग गहन छलफल गरेर सबै गुनासोहरुलाई समाप्त पारेकाले पनि भ्रमण सफल भएको उहाँको दावी थियो ।
मन्त्री रिजालले सन् १९५० को सन्धी पुनरावलोकन गर्न भारतीय प्रधानमन्त्री तयार भएकाले नेपालले पनि आन्तरिक सहमति गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
















प्रतिक्रिया