काठमाडौं, ३१ वैशाख । व्यवस्थापिका संसदले एकीकृत नेकपा माओवादीका सांसद ल्यारक्याल लामालाई शुक्रबार औपचारिक रुपमै निलम्बनको घोषणा गरेको छ ।
अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि शुक्रबार व्यवस्थापिका संसदको बैठकमा सभामुख ओनसरी घर्तीले अख्तियारको पत्र पढेर सुनाउँदै मुद्दा किनारा नलागेसम्म पदबाट स्वतः निलम्बन भएको घोषणा गरिन् ।
अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले बुधबार लामाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।












प्रतिक्रिया