डोटी, ३१ वैशाख । डोटीको खिरसैन गाविस ३ शान्तिनगरमा मोटर साईकलको ठक्करबाट शुक्रबार एक पत्रकारको खुट्टा भाँचिएको छ ।
मोटर साईकलको ठक्करबाट नजर नेपाली साप्ताहिकमा आवद्ध पचनाली गाविस ६ निवासी पत्रकार गणेश मल्लको बायाँ खुट्टा भाँचिएको हो ।
पत्रकार मल्लले से ४ प ४४७६ नम्बरको मोटर साईकल रोकिराखेको अवस्थामा विपरित दिशाबाट आएको से ४ प २२६६ नं. को मोटर साईकलले ठक्कर दिंदा पत्रकार मल्लको खुट्टा भाँचिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक उद्धवदेव भट्टले जानकारी दिए ।
प्रेस चौतारी नेपाल डोटी जिल्ला कार्य समिति सदस्य समेत रहेको घाईते पत्रकार मल्लको जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि मेडिकल कलेज नेपालगञ्ज रिफर गरिएको उनका दाजु ललित मल्लले जानकारी दिए ।
डोटी सदरमुकाम सिलगढीबाट आधा घण्टाको दुरीमा रहेको शान्तिनगरमा कक्षा १२ का आफन्त परिक्षार्थीलाई पु¥याइदिन लागेका पत्रकार मल्ललाई मोटर साईकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मोटर साईकल चालक दिपायल सिलगढी नगरपालीका ४ का सन्तोष थापालाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।
निज थापाको समेत खुट्टामा सामान्य चोट लागेकाले जिल्ला अस्पताल डोटीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
घटनाका दोषिलाई आवश्यक कारवाहीको माग गर्दै प्रेस चौतारी नेपाल डोटी शाखाले दुःख व्यक्त शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।













प्रतिक्रिया