३० आश्विन २०८३, शुक्रबार

मध्यरातमा हतियार देखाएर डकैती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Thief-Policeगोलबजार (सिरहा), २० साउन । सिरहाको खरुकियाही गाविसका दुई व्यक्तिको घरमा सोमबार मध्यरातमा अपरिचित व्यक्तिहरुले हतियार देखाएर डकैती गरेका छन् ।

पाँच/सात जनाको समूहमा रहेका अपरिचित व्यक्तिहरुले खरुकियाही–२ का ठकेन्द्र यादव र रामऔतार यादवको घरमा डकैती गरेका हुन् ।

उनीहरुले दुई घरबाट करिब रु दुई लाख मूल्य बराबरको सामान लुटेर लगेको पीडितहरुले बताएका छन् । उनीहरुको घरबाट नगद रु  ४० हजार, एलइडी टिभी एक थान, सुन एक तोला, मोबाइल एक थानलगायतका समान लुटेर लगेका छन् ।

पीडित ठकेन्द्र यादवले लुटेराहरु हतियार देखाएर डकैती गर्न थालेपछि आफूहरुले पतारी प्रहरी कार्यालयमा जानकारी गराउँदा पनि प्रहरी नआएको गुनासो गर्नुभयो ।