१ कार्तिक २०८३, शनिबार

दृष्टिबिहीन सविता र रमेशलाई स्वर्ण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । पञ्चोदय उमाविकी सविता चौधरी र कर्णाली उमाविका रमेश चौधरीले २१ औं विशेष विद्यालयस्तरीय राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको पूर्ण दृष्टिविहीनतर्फ छात्रा ५० मिटर दौडमा सविताले स्वर्ण जितेकी हुन् । लेबोरेटरी उमाविकी सनिता भट्टराई दोश्रो तथा नमुना मच्छिन्द्र माविकी जानु खनाल तेश्रो भए ।

रमेश सोही स्पर्धाको छात्रमा पहिलो बने । नमुना मच्छिन्द्रका शंकर थिङ दोश्रो तथा जनताधन उमाविका दीपक अधिकारी तेश्रो भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पूर्ण दृष्टिविहीनतर्फ छात्रा सफ्टबल थ्रोमा पञ्चोदय माविकी सविता चौधरी, आंशिक दृष्टिविहीनको छात्रा सफ्टबल थ्रोमा अमरसिंह उमाविकी सरिता घिमिरे, आंशिक दृष्टिविहीनको छात्र सफ्टबल थ्रोमा शिखर उमाविका चेतन सुनुवार तथा पूर्ण दृष्टिविहीनको छात्र सफ्टबल थ्रोमा पूर्वाञ्चल ज्ञानचक्षुका अमरदीप राई पहिलो भए ।

बहिरातर्फ छात्र १ सय मिटर दौडमा बाहिरा बाल उमाविका देवेन्द्र सारु मगर, छात्रा १ सय मिटर दौडमा बहिरा बाल उमाविकी पुष्पा खत्री, छात्र ४ सय मिटर दौडमा बहिरा बाल उमाविका दयानारायण चौधरी, छात्रा ४ सय मिटर दौडमा केन्द्रीय बहिरा उमाविकी लस्ता महर्जन, छात्र लङजम्पमा सिद्ध बहिरा बालकको स्कुलका धीरज शाही तथा छात्रा लङजम्पमा विराट बहिरा माविकी चमन खातुन शीर्ष स्थानमा रहे ।

शारीरिक अपाङ्गतर्फ १ बैशाखी लिएर १ सय मिटर दौडको छात्रा हापुर उमाविकी आशा चौधरी र छात्रमा साउथ प्वाइन्ट उमाविका पुरुषोत्तमराय दनुवार, बैशाखी नलिएर २ सय मिटर दौडको छात्रमा खगेन्द्र नवजीवनका सुरज कार्की र छात्रामा गंगा उमाविकी सुनीता नेपाली तथा बैशाखी नलिएर सटपुटको छात्रमा हल्दीवारी उमाविका भुवनलाल राजवंशी र छात्रामा गंगाकी सुनीता नेपाली पहिलो बने ।

आंशिक दृष्टिविहीनतर्फ १ सय मिटर दौडको छात्रामा अमरसिंह उमाविकी विनिता पुन तथा छात्रमा अमरसिंह उमाविका सूर्यबहादुर गुरुङले स्वर्ण जिते ।

प्रतियोगिताको राखेप सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । एथलेटिक्स विधामा प्रतिस्पर्धा भइरहेको खेलकुदमा बहिरा, नेपाल अन्धा कल्याण संघ र शारीरिक अपाङ्गमा गरी जम्मा २ सय ७७ खेलाडी सहभागी छन् ।

शुक्रबार सम्पन्न हुने प्रतियोगितामा ३९ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव विष्टले शारीरिक रुपमा अपाङ्गता भएकाहरु मानसिक, क्षमता र भावनाका हिसाबले अपाङ्ग नभएको धारणा व्यक्त गरे ।