१७ कार्तिक २०८३, मंगलबार

बस दुर्घटनामा एघार यात्रु घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tanahu_districtतनहुँ, ३१ वैशाख । चितवनको मुग्लिङबाट तनहुँको आँबुखैरेनीतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा एघार यात्र घाइते भएका छन् ।

ना ४ ख ७९२४ नम्बरको बस बिहीबार दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् ।

आँबुखैरेनी पावर हाउसनजिकै बस अनियन्त्रित भई सडकबाट ७५ मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा रुकुमखोला–२ का २१ वर्षीय वीरेन्द्र विक, सोही ठाउँका ४० वर्षीय बेलबहादुर विक, बन्दीपुर–८ की ३० वर्षीया गनिमाया मगर, गोरखा ताप्ले–८ का ३० वर्षीय समुन्द्र भट्टराई, भानु–८ का ३० वर्षीय अमृत अधिकारी घाइते भएका छन् ।

घाँसीकुवा–३ का २७ वर्षीय विकास विक, व्यास–२ का ३४ वर्षीय काजिमान श्रेष्ठ, व्यास–८ का २० वर्षीय अर्जुन विक, व्यास–११ का ३९ वर्षीय हरिकुमार श्रेष्ठ, चितवन दारेचोकका ६४ वर्षीय कमलनारायण श्रेष्ठ र विरगन्ज घर भई हाल बन्दिपुर–१ बस्ने ५० वर्षीय सुरेन्द्रप्रसाद साह घाइते भएका हुन् ।

घाइतेको बी एन्ड बी अस्पताल, काठमाडौं र भरतपुर मेडिकल कलेज, चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।