१७ कार्तिक २०८३, मंगलबार

बागलुङमा हँसिया प्रहार गरी श्रीमतीको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baglungबाग्लुङ, ३० बैशाख । बाग्लुङमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आफ्नै श्रीमतीलाई धारिलो हतियार हँसिया प्रहार गरी मारेको अभियोगमा पाण्डपखानी–९ बस्ने ३५ बर्षीय नविन पुनलाई प्रहरीले पक्राउ गरेको छ ।

पुनले विहीबार ३२ बर्षीया श्रीमती सपना पुनलाई हँसिया प्रहार गरी घाइते बनाएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गल्कोटबाट खटिएको प्रहरी टोलीले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र हरिचौर गल्कोटतर्फ पठाउने क्रममा सपनाको बाटैमा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।