
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका–१६ म्हैपी चोकमा बिहिबार शाही युवा शक्ति नेपालका बन्दकर्ताहरुले तोडफोड गरी बा.१४ च ४२०१ नम्बरको टाटा पिकअपको अगाडिको सिसा र बा.१ ज ४८८३ नम्बरको गाडीको पछाडिको शिसा फुटाएका छन् ।
राजतन्त्रको पुर्नबहालीको माग गर्दै अल्फावेट नखुलेको ५८८७ नम्बर र बा.५२ प ९२५३ नम्बरको मोटरसाइकलमा आएका उनीहरुले ती गाडीमा तोडफोड गरेका थिए ।
तोडफोडमा संलग्न रहेको आशंकामा नुवाकोट सिम्ले–५ बस्ने २० वर्षीय भिमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया