काठमाडौं, ३० वैशाख । प्रेस काउन्सिल नेपालले पृथकतावादी सीके राउतको अन्तर्वार्ता प्रशारण गर्ने एबिसी टेलिभिजनलाई कारवाही गरेको छ ।
उसले टेलिभिजनलाई कारवाही स्वरुप आम जनतामाझ क्षमा याचना गर्न निर्देशन दिएको हो ।
काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको विहीवार बसेको बैठकले टेलिभिजनको एबिसी वाच नामक कार्यक्रममा सीके राउतसंगको अन्तर्वार्ताबाट नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र सामाजिक सद्भावमा खलल् पुगेको र पत्रकार आचारसंहिता, ०६० (संशोधित तथा परिमार्जित–२०६४) को दफा ४ (१) को गम्भीर उल्लङ्घन भएको भन्दै क्षमा याचना गर्न निर्देशन दिएको काउन्सिलका अध्यक्ष बोर्डबहादुर कार्कीले जानकारी दिए ।
प्रेस काउन्सिलले एबिसीले सीके राउतको अन्तर्वार्ता प्रशारण गरेर पत्रकार आचारसंहिताको समेत गम्भीर उल्लङ्घन गरेको ठहर गरेको छ ।












प्रतिक्रिया