१७ कार्तिक २०८३, मंगलबार

कनकमणि दीक्षितले अख्तियारलाई पाँच हजार जरिवाना तिरेनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kanak-Mani-Dixit-Vs-Lokmanकाठमाडौं, ३० वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले समयमा सम्पत्ति विवरण नबुझाउँदा तिर्नुपर्ने जरिवाना नतिरेको जनाएको छ ।

अख्तियारद्धारा आज जारी विज्ञप्ति अनुसार सहकारीका सबै पदाधिकारी र कर्मचारीले पाँच हजार जरिवाना बुझाए पनि अध्यक्ष दीक्षितले अटेर गरेर पाँच हजार नबुझाएको जनाएको छ ।

अकुत सम्पत्ति कमाएको आरोपमा पक्राउ परेर धरौटीमा रिहा भएका थिए । उनले अख्तियारमा गएर बयान दिन अटेर गर्दै आएका छन् । उनले अख्तियारले व्यक्तिगत रिसिइबीमा मुद्दा चलाउन खोजेको आरोप लगाउँदै आएका छन् ।