३० आश्विन २०८३, शुक्रबार

कारागारमा एड्स रोगी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Inmates rest at  a workshop at a state maximum security jail in Padova

भद्रपुर, २० साउन । जिल्ला कारागार झापामा क्षमताभन्दा दोब्बर कैदी रहेकाले उनीहरुको जीवन कष्टकर बन्दै गएको छ ।

कारागारमा अहिले पुरुष ५८८ जना, महिला ५४ जना र आश्रित बालबालिका १२ जना गरी कुल ६५४ जना कैदी रहेको सहायक कारागार प्रमुख जीवराज भट्टराईले जानकारी दिनुभयो ।

२०२१ सालमा मा निर्मित यो कारागारमा २५० जना कैदी अट्ने क्षमता रहेको बताइएको छ ।

साना ठूला पाँच वटा हल रहेको कारागारमा चार वटा पुरुषका लागि र एउटा महिलाका लागि व्यवस्था गरिएको छ भने जाडोमा भन्दा पनि गर्मीमा उनीहरुलाई जीवनयापन गर्न निकै कठिनाइ हुने गरेको जेल प्रशासनले जनाएको छ ।

कैदीहरुमा चार जना क्षयरोगी, एक / एक जना हेपाटाइटिस बी र एचआइभी एड्सका रोगी रहेको बताइएको छ ।

पानीको खासै समस्या नभए पनि महिला वार्डमा धाराको पानी नभएकाले ४० फिट गहिराइको कलको व्यवस्था गरिएको सहायक प्रमुख भट्टराईले बताउनुभयो ।