१ कार्तिक २०८३, आइतबार

ज्याकिलिनको सौन्दर्यमा तेलको कमाल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jacqueline-Fernandez-Pink-t1-1366X768
मुम्बई । बलिउड अभिनेत्री ज्याकलिनको अभिनयमा लोभिने प्रशंसक धेरै नै छन् । उनको अभिनय मात्र होइन, सौन्दर्यले पनि त्यति नै धेरैलाई मोहित पारेको हुनुपर्छ ।

फिल्म र ‘रेड कार्पेट’मा मात्र होइन, ज्याकलिन ‘रियल लाइफ’मा पनि उत्तिकै सचेत छिन् । उनले आफ्नो सौन्दर्यराजबारे भारतीय मिडियासँग बताएकी छिन् ।

श्रीलंकामा नरिवल धेरै पाइन्छ । नरिवलको तेल प्रयोग गर्नाले छाला राम्रो हुन्छ । मैले पनि छाला र कपाल राम्रो बनाउन नरिवलको तेल प्रयोग गर्ने गरेकी थिएँ । त्यति मात्र होइन, हामी फलफूल पनि धेरै खान्थ्यौँ । फलफूलले छालामा चमक मात्र बढाउँदैन, कपाल पनि ‘सिल्की’ बनाउन सहयोग गर्छ ।

सौन्दर्य सामग्रीमा मैले पहिलोपटक आमाको एउटा क्रिम प्रयोग गरेकी थिएँ । आमा काममा जानुभन्दा पहिले क्रिम लगाउनुहुन्थ्यो, स्किन केयर लगाउनुहुन्थ्यो । त्यसैले उहाँको छाला राम्रो थियो । मैले पनि उहाँकै क्रिम लगाउँथँे । त्यसले मेरो छाला राम्रो भयो ।

अर्को कुरा, म मेकअप लामो समय राख्दिनँ । जस्तो, राति सुत्नुभन्दा पहिले म मेकअप राम्रोसँग पखाल्छु र मात्र सुत्छु । आँखाबाट पनि मेकअप हटाउँछु । यसरी सफा गर्न भिटामिन ए, ई, सी भएका धेरै ‘क्लिनर्स’ म प्रयोग गर्छु । म अहिले पनि दैनिक कपालमा तेल लगाउँछु ।

त्यस्तै अनुहारलाई ‘स्टिम’ दिन्छु र फेसियल मसाज पनि गर्छु । मलाई लाग्छ, अहिलेको समयमा यी तीन कुरा नै खास सौन्दर्यमन्त्र हुन् । तर, म घरमा बस्दा धेरै मेकअप गर्दिनँ । केवल सनक्रिम लगाउँछु । बाहिर सुटिङमा जाँदा भने विभिन्न क्रिमहरू प्रयोग गर्छु । ओठका लागि मसँग एउटा राम्रो ‘लिप बाम’ छ र आँखाका लागि गुणस्तरीय मस्कारा । – एजेन्सी