काठमाडौं, २९ वैशाख । त्रिभुवन विश्वविद्यालयले एकै दिन विभिन्न संकायहरुको परीक्षाफल प्रकाशित गरेको छ ।
बुधबार अपराह्न विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७२ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिएएलएलबी चौथो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ।
त्यस्तै, २०७२ साल मङ्सिररपुसमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको संस्कृति र मनोविज्ञान विषयको परीक्षाको परीक्षाफल पनि बुधबार नै प्रकाशित गरिएको छ ।
त्यसैगरी, २०७२ साल असोज र पुस महिनामा सञ्चालित विज्ञानतर्फ (चारवर्ष)को बिएस्सी प्रथम वर्षको परीक्षाको परीक्षाफल आजै प्रकाशित गरिएको छ ।
परीक्षाफलwww.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com र wwww.tu.net.ntc.np education मा हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ डायल र ४९४९ मा एसएमएस गरी पनि जानकारी पाउन सकिनेछ । रासस












प्रतिक्रिया