३० आश्विन २०८३, शुक्रबार

सुनकोसीको विपत्ति सेलाउन नपाउँदै सप्तकोसीमा त्रास बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

koshi-river

सुनसरी, २० साउन । सुनकोसीको विपत्ति सेलाउन नपाउँदै सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेपछि कोसी आसपासका वासिन्दा फेरि अर्को विपत्तिको त्रास बढ्न थालेको छ ।

पानीको बहाव बढेसँगै अहिले कोसी आसपासका मानिसहरु घर छाडेर सुरक्षित स्थानतर्फ जान थालेका छन् ।

भारतको विहार राज्यको वीरपुर ग्राम पञ्चायतमा पनि बाढीले जुनसुकै बेला पनि घर बगाएर धनजनको क्षति पुर्‍याउन सक्ने भन्दै बडा नं ४, ५ र ६ का वासिन्दा घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् ।

कोसी ब्यारेजमा प्रतिसेकेण्ड १ लाख ५० हजार क्युसेक पानी कटेपछि खतरा स्वरुप रातो बत्ति बाल्ने गरिन्छ ।