३० आश्विन २०८३, शुक्रबार

नवलपरासीमा भाइरल ज्वरोको प्रकोप

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nawalparasi_district

नवलपरासी, २० साउन । नवलपरासीमा भाइरल ज्वरोको प्रकोप बढेको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा दैनिक सयौँको सङ्ख्यामा ज्वरोका बिरामी आउने गरेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।

पृथ्वीचन्द्र अस्पताल परासीमा पनि भाइरल ज्वरोका बिरामी बढेको छ । अस्पतालका अनुसार दैनिक ५० देखि ६० जना बिरामी आउने गरेको अस्पतालका चिकित्सक नुरुल होदाले जानकारी दिनुभयो ।

बर्सातमा बढ्दो प्रदूषण, गर्मी, मौसम परिवर्तन तथा जथाभावी खानपिनले यसको सङ्क्रमण बढेको स्वास्थ्यकर्मीले बताएका छन् । दिनहँुजसो रुघाखोकी लाग्ने, घाँटी दुख्ने, शरीरको जोर्नी तथा जीउ दुख्ने, आँखा रातो हुने र ज्वरो आउने यो रोगको लक्षण हुने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।