अमेरिका, २८ वैशाख । अमेरिकी राष्ट्रपति बाराक ओबामा जापान-अमेरिकाबीच युद्धमा सन् १९४५ अगष्ट ६ मा अमेरिकाद्वारा खसालिएको अणु बमबाट ध्वस्त पारिएको जापानी बन्दरगाह सहर हिरोसिमा जाने कार्यक्रम तय भएको मङगलबार वाशिङटनले बताएको छ ।
ओबामा अमेरिकाद्वारा खसालिएको अणु बमबाट ध्वस्त सहरको भ्रमण गर्ने पहिलो राष्ट्रपति हुनेछन् ।
अमेरिकी राष्ट्रपति ओबामा र जापानी प्रधानमन्त्री सिन्जो आवेसँग हिरोसिमा पुगी आफ्नो प्रतिबद्धता अनुसार विश्वमा आणविक हतियार विना शान्ति सुरक्षाको प्रत्याभूतिका लागी आह्वान गर्नुु हुने कार्यक्रम रहेको वाशिङटनले बताएको छ ।
हिरोसिमा सहर पुगेर ओबामाले विश्वशान्तिका लागि प्रतिबद्धता जाहेर व्यक्त गर्ने र अन्य विश्व शक्ति राष्ट्रलाई पनि अमेरिकी उक्त अभियानमा साथ दिन आग्रह गर्नु हुनेछ, प्रवक्ता जोस अर्नेस्टले बताए ।
अमेरिकी आक्रमणकाट जापानी दुई शहर हिरोसिमा र नागासाकीमा आक्रमण भएयता अमेरिकी विदेशमन्त्री जोन केरी हिरोसिमा भ्रमण गर्ने पहिलो उच्च अमेरिकी सरकारी अधिकारी थिए। उहाँ केही समय पहिले हिरोसिमामा पुग्नुभएको थियो । रासस/एएफपी















प्रतिक्रिया