१ कार्तिक २०८३, आइतबार

मोडल निरजनलाई अन्तर्राष्ट्रिय सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Niraj-sing (1)

काठमाडौ । गायक तथा संगीतकार रबी जंग थापाको शब्द तथा स्वर रहेको चर्चित गीत ‘एकपल….’ लगायत दुई दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरेका मोडल निराजन सिं अन्तर्राष्ट्रिय सम्मानद्धारा सम्मानित भएका छन् ।

हालै मलेसियाको क्वालालमपुरमा एइइफ नामक मल्टिनेशनल व्यापार संघ (एसियन एक्सिलेन्स इन्टरप्रेनियर फेडरेसन)द्धारा आयोजित प्रेस्टिजियस व्रान्ड अर्वाडमा उनले ‘युवा इन्टरप्रेनियर अर्वाड’ हात पारेका हुन् ।

Niraj-sing (2)

ललितपुर ९ गाँछेका स्थायि वासिन्दा निराजन समाज सेवा र ब्यवसायमा पनि क्रियासिल छन् । अभिनय, सामाजिक कार्यमा सक्रिय र ब्यवसायको लगावका कारणले एक महिना अगाडी मात्र निराजलाई किङ यनिभर्सिटी, अमेरिकाले व्यवसायिक हिसावले सफल तथा अव्वल युवाको कदर तथा सम्मान स्वरुप डक्टरेट उपाधिले सम्मान समेत गरेको थियो ।

युवाबस्थामै उनको सक्रियतालाई ध्यानमा राखेर उनलाई यो उपाधिले सम्मान गरिएको संस्थाले जनाएको छ ।