काठमाडौं, २८ वैशाख । हुण्डी कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–२४ प्युखा न्यूरोड स्थित मुक्तिनाथ ईन्टरनेशनल बिजनेश प्रालिमा हुण्डी लगाएतका कारोबारहरू हुने गरेको अभियोगमा प्रहरीले संचालक सिन्धुपाल्चोक माङखा–१ घर भएका ४९ वर्षीय दुर्गा बहादुर श्रेष्ठ, २३ वर्षीय राजेश श्रेष्ठ र २५ वर्षीय अर्जुन तिमिल्सिनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत लैनचौरबाट खटिएको प्रहरी टोलीले सोमबार गोप्य सुचनाको आधारमा उक्त प्रा.लि.खानतलासी गर्दा नगद १ लाख ८१ हजार रुपैयाँ, विभिन्न बैंकका ४२ लाख ६९ हजार ७ सय ७३ रुपैया रकम उल्लेख भएका चेकहरू ३४ थान, ४ करोड २४ लाख ७५ हजार ९ सय रुपैया जम्मा भएका विभिन्न बैंकका भौचर प्रतिलिपी २ सय ९ थान, विष्णु पुराण नाम गरेको व्यक्तिको नामको कारोवार भएका कागजात, रकम कारोबार भएको नोट वुक र रजिष्टर , बैंकको अर्धकट्टी ४ थान, १ थान ल्यापटप, १ थान प्रिन्टर र १ थान कम्प्युटरको सिपियु समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया