१ कार्तिक २०८३, आइतबार

शिवको ‘एक्शन’ जेठ १४ मा हेर्न पाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shiva

काठमाडौं । पुराना एक्शन नायक शिव श्रेष्ठको एक्शन नेपाली दर्शकहरुले हेर्न नपाएको धेरै समय भैसकेको छ । तर अब भने नेपाली दर्शकहरुले नायक शिव श्रेष्ठको एक्शन पर्दामा भरपुर मनोरञ्जनका साथ हेर्न पाउने भएका छन् ।

शिव श्रेष्ठ अभिनीत पछिल्लो चलचित्र एक्शन आगामी जेठ १४ गते प्रदर्शन हुने भएको छ । देशको परिवर्तनको लागि अबको समयमा देशका हरेक युवा तथा नागरिकहरु सकारात्मक मिशन र एक्सन लिएर राष्ट्र निर्माणको लागि उभिनुपर्छ भन्ने मिशन बोकेको फिल्म ’एक्सन’ लाई चिरायु फिल्मसले निर्माण गरेका हुन् ।

राजु अर्यालको कथा तथा निर्देशनमा बनेको फिल्म ’एक्सन’मा शिव श्रेष्ठको अलवा प्रमोद दिप, जेनिशा केसीको मुख्य भूमिका रहेको छ । यस फिल्ममा अभिनेत्री केसीले आफुलाइ एक्सन गर्लको रुपमा नभएर लभर गर्लको भुमिकामा देख्न सकिने बताएकी छिन् । नायक शिव श्रेष्ठ भने एक खतरनाक एक्शन भुमिकामा देखिदै छन् ।

धेरै समयको अन्तराल पछि आउन लागेको पूराना नायक शिव श्रेष्ठलाई दर्शहरुले कतिको रुचाउने हो त्यो भन्ने हेर्न बाँकी नै छ । तर अष्ट्रेलियामा रहेका नायक शिव श्रेष्ठले भने एक्शन चलचित्र पत्रकारमाथिको कथामा निर्माण भएको कारण निकै राम्रो रहेको बताएका छन् । उनले यो समयमा पनि आफुले उत्कृष्ठ एक्शन प्रस्तुत गरेकोले दर्शकहरुले मन पराउने विश्वास व्यक्त गरेका छन् ।

फिल्मका निर्देशक राजु अर्यालले एक्सन फिल्म भएकाले दर्शक पनि एक्सन हेर्नकै लागि हलमा आउने दाबी गरे । फिल्ममा कसम गुरुङ, दिनेश घिमिरे, राज थपलिया, बिशाल पहाडी, महेश गिरी, रक्षा गुँरागाई, अभिरुची बुढाथोकी, विक्रान्त तिवारी र प्रकाश लुईटेलको पनि अभिनय रहेको छ । स्मरण रहोस् चलचित्र जिन्दगीमा आफ्नो शरिरमाथी गाडी कुदाउने नायक प्रमोढ दिपको पनि फुल एक्शन चलचित्रमा देख्न पाईनेछ ।