१७ कार्तिक २०८३, मंगलबार

संखुवासभामा पाठेघर खस्ने बिरामी बढे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahila– योगेन्द्र योगी

संखुवासभा, २८ वैशाख । संखुवासभा जिल्लामा पाठेघर खस्ने बिरामीको संख्या बढेको पाइएको छ ।

सदरमुकाम खादबारीमा
गैरसरकारी संस्था नेपाल र महिला प्रजनन अधिकार कार्यक्रमले आयोजना गरेको मेरो शरीर मेरो अधिकार बिषयक कार्यक्रममा यो
जिल्लामा ४ सय ५५ जना पाठेघर खसेका महिला भएको तथ्यांक सार्वजनिक गरिएको छ ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर सूर्य लामाले ४ सय ५५ मध्ये ३ सय ४ जनालाई रिङप्रेशरी राखिएको जानकारी दिए ।

वाला, सिसुवा, ताम्कु माङ्तेवा जस्ता विकट गाविसमा गतबर्ष १ सय जना पाठेघर खसेका महिलाको सत्यक्रिया गरिएको बताए ।

महिला प्रजनन अधिकार कार्यक्रमकी अरुणा चौधरीले अझैपनि पाठेघर खस्नेरोगबाट महिलाहरु पीडित भइरहेको बताइन । महिलाहरुले रोग
लुकाएका कारण समस्या देखिएको उहाको भनाई थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, सुजता श्रेष्ठ, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष अनन्तकुमार गौली लगायतले यो
समस्यामा परेका रोगिहरुलाई उपचार गर्न पहल गर्नु पर्नेमा जोड दिए ।