काठमाडौं, २७ वैशाख । संघीय गठबन्धनले आफ्नो सिंहदरबार घेराउको कार्यक्रमको तयारीलाई तीव्रता दिएको छ ।
काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा आज बसेको गठबन्धनको सचिवालय बैठकले जेठ १ गते काठमाडौंको शान्तिबाटिकामा प्रदर्शन गर्ने निर्णय गरेको छ । शान्तिबाटिकाबाट सुरु हुने प्रदर्शन ठमेलमा पुगेर सम्पन्न हुनेछ ।
गठबन्धनका प्रवक्ता पर्शुराम तामाङले जेठ २ गतेको सिंहदरबार घेराउको कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदर्शनको तयारी गरेको बताउनुभयो ।
संविधान पुनर्लेखनको माग गर्दै आएको संघीय गठबन्धनले जेठ २ गते सिंहदरबारभित्र कसैलाई छिर्न नदिने जनाएको छ ।













प्रतिक्रिया