तनहुँ, २७ वैशाख । सत्ता साझेदार दल एमाओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले चुनावी अभियान देश व्यापीरुपमा तिव्र पारेको छ ।
यसैक्रममा सोमबार तनहुँको दमौलीमा सम्पन्न संगठनको चार नम्बर प्रदेशको प्रदेशस्तरीय बैठकले आगामी जेठ १९ गते हुने ट्रेड युनियन निर्वाचनलाई मध्यनजर गर्दै चुनावी प्रचारप्रसार अभियान तिव्र पार्ने निर्णय गरेको छ ।
बैठकमा प्रमुख अतिथि एमाओवादी केन्द्रीय सदस्य अमर तमु र कर्मचारी संगठनका प्रदेश इन्चार्ज अम्बादत्त भट्टले चार नम्बर प्रदेशका पदाधिकारीलाई चुनावी रणनीति तय गरि प्रचारप्रसार अभियान तिव्र पानए निर्देशन दिएका छन् ।













प्रतिक्रिया