मकवानपुर, २७ बैशाख । प्रहरीले अवैध सुन तथा चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नारायणगढबाट पथलैयातर्फ जांदै गरेको ना. ५ ख १४१६ नम्बरको यात्रुबाहक बसमा यात्रा गरी आएका चितवन भरतपुर उपमहानगरपालिका–११ बस्ने ३३ बर्षीय मदन बिकलाई प्रहरीले अवैध सुन ५१ ग्राम र चाँदी ३ सय ८४ ग्राम सहित पक्राउ गरेको छ ।
प्रहरी टोलीले आइतबार उक्त बसलाई हेटौडा उपमहानगरपालिका–१७ रातोमाटे स्थित प्रहरी चेकपोष्टमा चेकजाँच गर्दा वि.क.ले लुकाई छिपाई ल्याएको अवस्थामा उक्त सुन र चाँदी बरामद भएको थियो ।
यसैगरी इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले शनिबार पर्सा बीरगंज उपमहानगरपालिका–२० बस्ने ३७ बर्षीय ज्ञानेन्द्र कुमार उपाध्यायलाई लुकाई छिपाई ल्याएको अवैध सुन १ केजी ४९ ग्राम सहित पक्राउ गरेको छ ।
हेटौडा उपमहानगरपालिका–१७ रातोमाटे स्थित प्रहरी चेकपोष्टमा नारायणगढबाट पथलैयातर्फ जांदै गरेको ना.४ ख ८६९८ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट उक्त सुन बरामद भएको थियो ।
प्रहरीले विक र उपाध्यायलाई थप अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान बिभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया बारामा बुझाएको छ ।













प्रतिक्रिया