१७ कार्तिक २०८३, मंगलबार

झापामा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Magic Vanझापा, २७ वैशाख । झापाको मेचीनगर नगरपालिका ११ मा आइतबार बेलुकी साढे ७ बजे मे १ ज २२५८ नम्बरको म्याजीक भ्यानले साइकललाई ठक्कर दिदा साइकल चालक अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

उनको सनाखत हुन नसकेको झापा प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा वि एण्ड सि अस्पताल विर्तामोडमा आइतबार बेलुकी ८ बजेको समयमा मृत्यु भएको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

ठक्कर दिने भ्यान सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
‪