विराटनगर, २७ वैशाख । मोरङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।
घरमै सिटी रिक्साको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर डाँगीहाट–१ का ३३ वर्षीय प्रदीप तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी नायब निरीक्षक प्रदीप पराजुलीले जानकारी दिए ।
बिहान ५ बजे करेन्ट लागेर गम्भीर घाइते भएका तामाङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको पराजुलीले बताए ।












प्रतिक्रिया