काठमाडौं, २६ वैशाख । गतबर्ष भएको महाभूकम्पका कारण समस्यामा परेका नेपालीलाई सहयोग गर्न आएको एक समुहले नेपालका पीडित जनतालाई सहयोग गर्न पाएकोमा एड्भेन्चर फर चेन्जको समुहले खुसी ब्यक्त गरेको छ ।
डानेटिस्क फउण्डेसन नेपाल, मालिका युवा क्लव म्याग्दी र भूतपूर्वक प्रहरी संघको पहलमा नेपाल आएको सो समुहले भूकम्प प्रभावित १४ जिल्लामा झण्डै ३ करोड रुपियां बराबरको बिभिन्न सहयोग गरेको छ ।
नेपाल जस्तो सौन्र्दयले भरिपूर्ण देशका जनता दुखमा परेको बेला सहयोग गर्न पाउनु हाम्रोलागि खुसीको कुरा हो सो समूहका टिम लिडर माईक सेवासले जानकारी दिनुभयो ।
अमेरिका, बेलायत अष्ट्रेलिया, आयरल्याण्ड, स्लोभानिया, म्याक्सिको, जापान र ताइवानबाट सहयोग गर्न आएको सो समुहले पछिल्लोपटक बिभिन्न जिल्लामा १ हजार सोलार प्यानल बितरण गरेर आफ्नो देश फर्कने तयारी गरेको छ ।
सो समुहका अर्का टोली नेता मास्क सिजान्डा, म्याकडोनाल्डले आगामी दिनमा पनि भूकम्प प्रभावित नेपालीलाई सहयोग गर्न आ– आफ्नो देशमा गएर रकम संकलन गर्ने र फेरी नेपाल आउने बताउनु भयो ।
१८ दिन अघि नेपाल आएको सो समुहले सिन्धुपाल्चोक, रामेछाप, दोलखा र गोरखामा १ हजार सोलार प्यानल बितरण गरेको छ ।
नेपालमा भूकम्प जानासाथ नेपाल आएको सो समुहले पहिलो पटक प्रभावित जिल्लामा ३७ वटा जेनेरेटर बितरण गर्नुका साथैै सर्च एण्ड रेस्क्युमा समेत सहभागी भएको सो समुहले लाखौंको खाद्यान्न बितरण गर्नुका साथै लत्ता कपडा समेत बितरण गरेको थियो ।
सो समूहले आगामी लिनमा फन्ट रेज गर्नकालागि मुलुकका बिभिन्न भागमा गएर तयार पारेको डकुमेन्ट्री प्रर्दशन गरेर रकम संकलन गर्ने र संकलित रकम ल्याएर पीडित जनतामा पुगेर नै सामान बितरण गर्ने तयारीमा आफुहरु जुटेको समेत जानकारी म्याकडोनाल्डले जानकारी दिनुभयो ।













प्रतिक्रिया