१७ कार्तिक २०८३, मंगलबार

बिश्व रेडक्रस दिवसमा बिरामीहरुलाई फलफुल वितरण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

photo readcross– भोबिन्द्र शाह
बाजुरा, २६ वैशाख । जिल्ला रेडक्रस शाखा बाजुराले १८८ औ विश्व रेडक्रस स्थापना दिवसको अबसरमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका १० जना बिरामीहरुलाई फलफुल बितरण गरेको छ ।

दिबसको अबसरमा रेडक्रस का जन्मदाता हेनरी ड्युनाको फोटामा माल्यापर्ण समेत गरेको जनाइएको छ । एक शाखा र २३ उपशाखा रहेको बाजुरामा रेडक्रसले प्राकतीक प्रकोप, बाढी पहिरो, आगलागी लगायतका पीडितमा परेकाहरुलाई उद्धार गर्नुका द्धैविक प्रकोपमा परेकाहरुलाई त्रिपाल र भाडाकुडा बितरण गर्दै आईरहेको रेडक्रस बाजुराका मन्त्री रमबहादुर शाहीले बताए ।

स्थापनाको अबसरमा बिरामीहरुलाई बितरण गरेको फलफुलले आफुहरुलाई सान्तवना मिलेको जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा छटपटीरहेका बनपा ४ का बिरामी पुने खड्काले बताएका छन् ।

स्थापना दिवस जिल्ला सदरमुकाम बाहेक गाउँ विकास समितिमा नमनाएपछि नरमाइलो लागिरहेको स्थानीयहरुले गुनासो गरेका छन् ।