१ कार्तिक २०८३, आइतबार

पत्रकार सञ्जुको ‘धेरैचोटी’ सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanju-butwal

बुटवल । लामो समयदेखि यस क्षेत्रका धेरै स्टेज कार्यक्रम, पत्र पत्रिका, रेडियो कार्यक्रम तथा टेलिभिजनका पर्दाबाट आफ्नो कलामार्फत व्यावसायिक पत्रकारितामा होमिएकी पत्रकार तथा उद्घोषक सञ्जु पौडेल नयाँ बर्षको प्रवेशसँगै साँगीतिक पाहुर लिएर श्रोता तथा दर्शक माझ आएकी छन् ।

जीवन र प्रेमका भोगाइलाई समेटेर गाइएको आधुनिक लयको लोक पप एल्बम ‘धेरैचोटी’ मा उनको एकल स्वर मात्र भने छैन । गीतमा उनलाई सन्तोष र सनम पौडेलले साथ दिएका छन् । म्युजिक भिडियो समेतसँगै सार्वजनिक भएको गीतमा सन्तोष र सनमले मोडलिङ्ग गरेका छन् भने उनलाई पनि भिडियोमा देख्न सकिन्छ ।

गायन आफ्नो रुचीको बिषय भएको र घरमा सानै देखी भजनहरु गाउने गरेको बताउने सञ्जु आफु दर्शक र श्रोताको मायामा बाँच्ने हुनाले गायनलाई अगाडी बढाउने जिम्मा पनि श्रोता तथा दर्शक मै जाने बताउँछिन् ।

गायनमा लागेर पत्रकारितालाई पछाडी राख्ने सोंच भने उनलाई छैन, उनी भन्छिन् ‘उद्घोषण र पत्रकारितालाई छाड्ने कुरै आउँदैन जसले मलाई यहाँ सम्म ल्याएको छ ।’

पौडेल बुटवलबाट प्रकाशित हुने सबल नेपाल साप्ताहिकको सम्पादक र बुद्ध टेलिभिजनमा आवद्ध छिन् । उनी नेपाल पत्रकार महसंघ रुपन्देही शाखा सदस्य समेत हुन् ।

https://www.youtube.com/watch?v=YHt_cveIU0w