झापा, २६ बैशाख । आफू चढेको रिक्सा चालकको हत्या गरेको अभियोगमा मेची नगरपालिका–२ बस्ने २२ बर्षीय विवेक चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चौधरीले शनिबार सोही ठाउँस्थित चिया बगान कच्ची सडक छेउँमा आफू चढेको दुवागढी गाविसमा दर्ता भएको ७६ नम्बरको रिक्सा चालक हाल नाम, थर, वतन नखुलेको अंदाजी ३६ बर्षीय पुरुष व्यक्तिलाई सामान्य विवाद हुँदा ढुङ्गाले टाँउकोमा प्रहार गरी धारिलो बस्तु (ब्लेड) ले घाँटी रेटी हत्या गरेका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया