१७ कार्तिक २०८३, मंगलबार

युवाको पहलमा सुन्दर तौलिहवा अभियान शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kapilvastu Baisakha 25 sundar taulihawa aabiyan News

– शम्भू माली
कपिलवस्त २५ बैशाख । “तौलिहवा हो बुद्ध नगरी, बसौ हामी सफा गरी” भन्ने नाराका साथ स्थानिय युवाहरुको पहलमा ऐतिहासिक नगर तौलिहवामा सुन्दर तौलिहवा सरसफाई अभियान संचालन गरिएको छ ।

स्थानीय युवाहरुको अगवाईमा तौलिहवा सरसफाई अभियान समिति गठन गरी ३ महिने अभियान थालिएको हो । समितिले अभियान अन्तर्गत ३ महिने कार्ययोजना समेत बनाएको छ । जस अन्र्तगत २४ वटा सरसफाईका कार्यक्रमहरु सचालन गरिने छ । अभियानको पहिलो दिन तौलिहवाको शिबमन्दिर टोल, चौक बजार लगायतका क्षेत्रमा सरसफाई गरिएको हो । अभियानमा जिल्लाका सुरक्षा निकायका प्रमुख सहित नगरबासी र युवाहरुको सहभागीता रहेको थियो । सरसफाई अभियानमा मन्तब्य दिदै प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरेले नगर सफाईका लागी युवाहरुले अगुवाई गर्नु सहनिय भएको बताईन ।

कपिलवस्तुको बुद्धस्थल भएकाले समेत कपिलवस्तु नगर क्षेत्र तौलिहवालाई सरसफाईको नमुना बनाउन आवश्यक रहेको अभियानका संयोजक प्रकाश घिमिरेले बताए । तिन महिना सम्म सञ्चालन गरिने अभियानलाई स्वतफुर्त रुपमा सञ्चालनमा ल्याईएकाले अभियानमा साथ दिन उनले सम्पूर्ण नगरबासीलाई आग्रह गरे ।