वीरगञ्ज, २५ वैशाख । युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले मधेशलाई पूर्ण प्राथमिकतामा राखी आगामी बजेट आउनुपर्ने बताउनुभएको छ ।
युवा संघ नेपाल वीरगन्ज उपमहानगर कमिटीद्वारा आयोजित वृहत बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मधेश सम्वाद तथा जागरण अभियानले पाएको सफलतामा सबै मधेसी युवा नेता तथा कार्यकर्तालाई बधाई दिनुभयो ।
नेपाली कांग्रेसका बिपीको समाजबाद दिल्लीको साउथ ब्लकको कोमा मा पुगेको बताउँदै अब राष्ट्रिय स्वाधिनताको आन्दोलनले सफलता प्राप्त गरेकाले मधेशको विकासमा आम युवाहरु परिचालित गरिने बताउनुभयो ।
खुमबहादुर खड्काजस्ता भ्रष्टाचारीले सरकार ढाल्छु भन्दै हिड्नु घुस खाएर जेल बसी बाहिर निस्कदा भाडाका मान्छे प्रयोग गरी माला लगाएजस्तो सहज नभएको बताउनुभयो ।

मधेसी दलका नेताले समानुपातिक सभासद चयनमा श्रीमती र गर्लफ्रेन्डलाई बनाएको उल्लेख गर्दै संविधान नामान्ने अनी सरकार ढाल्न राति संसद भवन छिरेर मतदान गर्नु द्धैध चरित्र भएको बताउनुभयो ।
मधेसका जनता असली राष्ट्रवादी जनता रहेको बताउँदै उहाँले मधेशको कुरिती अन्धबिश्वास हटाउन आम युवाहरु परिचालित हुनुपर्ने बताउनुभयो । कार्यक्रममा एमाले केन्द्रिय सदस्य प्रल्हाद गिरी, युवा संघका सचिव माधव बास्तोला, कोषाध्यक्ष्य हिदम लामा, केन्द्रिय कार्यालय विभाग सन्जीव रोकाहा लगायत अथितिहरुको सहभागिता थियो ।
कार्यक्रम नगर अध्यक्ष इम्रान हुसेनको सभापतित्वमा भएको थियो ।













प्रतिक्रिया