१ कार्तिक २०८३, आइतबार

धुर्मुस्-सुन्तली अभियानमा भद्रगोलका ‘सितेबा’को सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhusudhan

काठमाडौं । हाँस्य टेलिश्रृंखला भद्रगोलका सितेबा (मधुसुधन पाठक) ले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि आर्थिक सहयोग गरेका छन् ।

रिजु पौडेलसँग बैवाहिक सम्बन्धमा गाँसीएको एक वर्ष पुरा भएको अवसरमा धुर्मुस सुन्तली फाउण्डेशनलाई ५० हजार १ रुपैँया सहयोग गरेका हुन् । गिरान्चौर एकिकृत बस्ती निर्माणमा आर्थिक सहयोग गर्ने सितेबा पहिलो कलाकार भएका छन् ।

अन्य कलाकारहरुबाट पनि सहयोगको प्रतिबद्धता आइरहेको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । गिरान्चौर बस्ती निर्माण कलाकारको साझा अभियान भएकाले सकेको सहयोग गरेको सितेबाले बताएका छन् ।

भूकम्प पिडितका लागि सानो सहयोग पनि महत्वपूर्ण हुने भएकाले सहयोगी हात अघि बढाएको उनको भनाई छ । आर्थिक मात्र नभई श्रमदानका लागि समेत आफु र आफु आवद्ध रहेको जेष्ट बचत तथा ऋण सहकारीसँग समेत तयार रहेको उनले प्रतिबद्धता जनाएका छन् ।