
काठमाडौं, २४ वैशाख । सत्ता साझेदार एकीकृत नेकपा माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनमा सयौं कर्मचारी प्रवेश गरेका छन् ।
आगामी जेठ १९ गते सम्पन्न हुन गइरहेको ट्रेड युनियन निर्वाचनको पुर्वसन्ध्यामा शुक्रबार राष्ट्रिय स्वतन्त्र मिलन केन्द्रका केन्द्रीय उपाध्यक्ष शेरबहादुर कार्कीसहित देशैभरिबाट पाँच सय बढी कर्मचारी र नेपाल राष्ट्रसेवक कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष भरत लामाको नेतृत्वमा दुई सय बढी नेता कार्यकता संगठनमा प्रवेश गरको प्रवक्ता अम्बादत्त भट्टले जानकारी दिनुभयो ।

नवप्रवेशीलाई संगठनका प्रमुख तथा पदाधिकारीले टिका लगाएर स्वागत गरेका छन् ।
संगठन प्रवेश कार्यक्रमपछि संयौको संख्यामा रातो टोपीमा सजिएका नेपाल राष्ट्रिय कर्मचारी संगठनका सदस्यहरु लामबद्ध भएर सिंहदरबार पुग्दा निर्वाचन प्रचारप्रसार कार्यक्रम उदघाटन गरिएको थियो ।

सो कार्यक्रममा प्रमुख अतिथि सह इन्चार्ज राजकुमार शर्मा, विशेष अतिथि मोहनमान स्वार तथा अध्यक्षता गरेका संगठनका अध्यक्ष हरि रावलले अबको ट्रेड युनियन निर्वाचनमा नेपाल राष्ट्रिय कर्मचारी संगठनलाई पहिलो बनाउन आह्वान गरेका थिए ।












प्रतिक्रिया