३१ आश्विन २०८३, शनिबार

शरणार्थी शिविरमा हवाई आक्रमण, ३० को मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Siriyaकाठमाडौं, २४ वैशाख । सिरियाको एक शरणार्थी शिविरमा भएको हवाई आक्रमणमा कम्तिमा ३० जनाको मृत्यु भएको छ ।

बिहीवार राति भएको आक्रमण उत्तरी सिरियाको विद्रोहीको कब्जामा रहेको इलाका इदलिब प्रान्तको कामूना क्याममा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । कामूना शरणार्थी शिविर टर्कीको सिमानाबाट १० किलोमिटर दूरीमा पर्दछ ।

आक्रमण सिरिया वा रुसी लडाकू विमानले गराएको आशंका गरिएको छ । आक्रमण कसले गरेको हो भन्ने आधिकारिकरुपमा पुष्टि भने हुन सकेको छैन ।

रुस र अमेरिकाको दबाबपछि सिरिया सेना र विद्रोही गुट अलेप्पोको इद गिर्द इलाकामा अस्थायी युद्धविरामका लागि तयार भएका थिए ।

सिरियामा फेब्रुअरीदेखि युद्धविराम लागू भएको भएपनि पछिल्ला दिनमा आक्रमणका घटना बढेका छन् ।

पछिल्लो दूई सातामा सिरियाको अलेप्पोमा तीनसय भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । यसैवीच अमेरिकाले सिरियाको शरणार्थी शिविरमा भएको हवाई आक्रमणको निन्दा गरेको छ । – एजेन्सी