१७ कार्तिक २०८३, मंगलबार

आज वैशाख कृष्णऔँसी, आमाको मुख हेरेर मनाइँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aamaकाठमाडौं, २४ वैशाख । आज वैशाख कृष्णऔँसी अर्थात आमाको मुख हेर्ने दिन । नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न आजको दिनलार्इ आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ ।

जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने धार्मिक विश्वास छ ।

शास्त्रमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ, मातृदेवो भव भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र पितृदेवो भव, आचार्यदेवो भव भनिन्छ, यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ ।

कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवती अर्थात् छोरा कुपुत्र भए पनि आमा कहिल्यै कुआमा हुँदिनन् भन्ने भनाइ नै छ ।

जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मानिन्छ । आमा हुनेहरुले आफूलाई मन पर्ने मीठा मीठा खानेकुरा र वस्त्र आमा लगायत गुरुआमा, सासू र काकीहरुलाई दिने र आशीर्वाद ग्रहण गर्ने चलन रहिआएको छ ।

आमाको मूख हेर्ने औशीका दिन काठमाडौंको मातातिर्थमा आमा नहुनेहरूले आमाको सम्झनामा श्राद्ध गर्न भक्तजनको भिड लाग्ने गर्दछ ।