१७ कार्तिक २०८३, मंगलबार

पत्रकार अवस्थी सामुदायिक विद्यालयको अध्यक्ष निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra-Awasthiबैतडी, २३ वैशाख । कञ्चनपुरका पत्रकार राजेन्द्रप्रसाद अवस्थी बैतडीको एक सामुदायिक विद्यालयको अध्यक्ष निर्वाचित भएका छन् ।

पाटन नगरपालिका ५ बैतडीको गौडाली सामुदायिक प्राथामिक विद्यालय व्यवस्थापन समितिले अवस्थीलाई अध्यक्ष चुनेको हो ।

बिहीबार अभिभावकहरुको भेलाले अवस्थीलाई सर्वसम्मत अध्यक्ष चुनेको विद्यालयका प्राधानाध्यापक निर्मला अवस्थी (भट्ट)ले जानकारी दिइन् । उनका अनुसार पत्रकार अवस्थी विस २०५७ सालमा स्थापना भएको विद्यालयको पाँचौ अध्यक्ष बनेका हुन् ।

पेशाले पत्रकारिता गर्दै आएका अवस्थीले आफ्नो जन्मथलो पाटन भएकाले उक्त क्षेत्रको शैक्षिक विकासका लागि आफूलाई अभिभावकले अध्यक्ष बनाएकोमा धन्यवाद ज्ञापन गरे । उनले भने- ‘म जन्मे हुर्केको स्थान यहाँ नै हो, यस क्षेत्रको शैक्षिक विकास गर्न आफ्नो क्षेत्रबाट काम गर्छु । अभिभावकहरुले दिनुभएको जिम्मेवारी सफलताका साथ पुरा गर्नेछु ।

विद्यालयको भौतिक लगायत आन्तरिक गुणस्तरमा सुधार गर्ने प्रतिबद्धता अध्यक्ष अवस्थीले अभिभावकसामु गरेका छन् ।

अवस्थी कञ्चनपुर र बैतडीबाट प्रकासित हुने जनसरोकार पोष्टका प्रकाशक र एबिसी टेलिभिजनका महाकाली अञ्चल ब्यूरो प्रमुख हुन् ।