
– नरेश केसी
भैरहवा, २३ वैशाख । सरकारी अस्पतालमा सेवा सुविधा राम्रो हुदैन भनेर निजीमा पैसोको खोलो बगाउनेहरुलाई रुपन्देहीको सबैभन्दा पुरानो अस्पातल भीम अस्पताल भैरहवाले अब व्यवहारीक रुपमा जवाफ दिन थालेको छ । जसको कारण केही महिनाअघिसम्म सरकारी अस्पताल भन्दा वित्तीकै नाक खुम्चाउनेहरु अहिले आफै अस्पतालमा लाइन लागेर सेवा लिन तल्लीन देखिएका छन् ।
वि.स. १९९० सालमा स्थापित रुपन्देहीको जिल्ला अस्पताल भीम अस्पताल भैरहवामा अहिले विरामीको चाप समेत बढेर गएको छ । गरे के हुदैन भन्ने उदाहरण पछिल्लो समय यो अस्पतालको व्यवस्थापन र चिकीत्सीय टोलीले देखाएको छ । अस्पताल परिसर भित्र छिर्दा फोहरको कारण नाक थुनेर हिड्नुपर्ने तथा विरामीहरुको विचल्ली तथा डाक्टरहरुको लापरबाही भइरहने उक्त अस्पताल अहिले कुनै निजी अस्पताल भन्दा कम सफा देखिदैन । अस्पतालले डाक्टहरुको दरबन्दी अनुसार चिकीत्सीय सेवा पनि प्रदान गरिरहेको छ । पछिल्लो समय अस्पतालमा पहिलो पटक महिलाहरुको आंङ खस्ने रोगको उपचार भईरहेको छ ।

भीम अस्पताल भैरहवा तथा पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराको आयोजनामा बैशाख १९ गदेखि संचालन भएको एक हप्ते शिवीरमा महिलाहरूमा देखा पर्ने आङ खस्ने (भेजानियल स्ट्रेक्टोमा) समस्याको उपचार भईरहेको छ । क्षेत्रीय स्वास्थ्य निर्देशक डा.तारा पौडेल सहित १३ जना चिकीत्सकको टोलीले शिवीरमा सेवा दिईरहेको भीम अस्पताल विकास समितीका अध्यक्ष हितराज पन्थिले जानकारी दिए ।
शिविरमा बुधबार दिउंसो सम्म ३८ जनाको निशुल्क उपचार भएको छ । शिवीर बैशाख २४ गते सम्म चल्ने हुदां पाठेघर सम्बन्धी समस्या भएका महिलाले सम्पर्क गरेमा पछि पनि सेवा दिने अस्पताल विकास समितीले तयारी गरेको अध्यक्ष पन्थिले बताए । यसैगरी अस्पतालले केही दिनमै हाइड्रोसीलको शिवीर र मानव अंग प्रत्यारोपण सम्बन्धी जनचेतामूलक कार्यक्रम पनि चलाउन थालेको जनाएको छ ।

अस्पतालले गत चैत्र २४ गते देखि अप्रेसन गरेर बच्चा जन्माउने सेवा पनि शुरु गरेको छ । यसअघि सम्म अस्पतालमा सामन्य र भ्याकुम बेस डेलीभरी हुदैं आएकोमो अबदेखी शल्यक्रिया सहितको डेलिभरी सेवा पनि शुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. अनन्त कुमार शर्माले जनाए । उनले भने “मैले दाबीका साथ भन्छु भीम अस्पतालमा अब प्रसुति रोगको उपचार सम्बन्धी कुनै कमि हुदैंन । हामीसंग म संगै प्रसुतिरोग विशषज्ञ डा. विमल ढकाल सहित राम्रो ज्ञान भएका नर्सिंग र चिकीत्सीय टोली छ । जसको कारण लुम्बिनी अन्चलमै हामी प्रसुति विभागमा एक नम्बर हुदै छौं ।” सो अस्पतालमा एटोपीक (ट्युबमा बच्चा बसेको) र हेमेटोमेट्रीक (पाठेघरमा रगत जम्ने) जस्तो जटिल शल्यक्रिया पनि कुशलता पुर्वक सम्पन्न भएको छ ।

भीमको प्रसुति विभागमा सिद्धार्थनगर वाड नम्बर २ की तारादेवीको पेटबाट ५ केजीको बच्चा समेत सफलतापुर्वक शल्यक्रिया गरी निकालीएको छ । बच्चा र आमाको स्वास्थय अहिले पनि स्वस्थ रहेको छ । नेपालमै सायदै यति धेरै वजन भएको बच्चा जन्माउने आमा सायदै होला भनी भेटन गएका सन्चारकर्मिलाई संक्षिप्त प्रतिक्रिया दिदैं १२ दिने सुत्केरी तारादेवीले भनिन् – भीम अस्पताल नगएको भए सायद मेरो बच्चा र म के हुन्थ्यौ होला । अहिले म स्वस्थ छु । यी हेर्नुस (बच्चा देदाउदैं) बच्चा पनि ठीक छ ।

सरकारी अस्पताल भएर पनि इच्छा शक्ति र टिम वर्क भएमा थोरै बजेटमा पनि धेरै सेवा दिन सकिन्छ भन्ने उदाहरण भीमले देखाईरहेको छ । केही वर्ष अगाडी सम्म आन्तरीक आम्दानी पनि कम हुने र सरकारी सहयोग र अनुदानको पनि सही सदुपयोग नहुदां समस्याग्रस्त भएको उक्त अस्पतालको सेवा र भौतिक सुविधा सम्पन्न गराउन स्थानिय अस्पताल विकास समिती र मेसु डा. शर्माको टीम दिनरात खटिरहेको छ । डा. शर्मा र समिती अध्यक्ष पन्थि दुबै स्थानिय भएकोले अस्पतालको सेवा पश्चात पनि जवाफदेही बन्नुपर्ने हुदां सकेसम्म आफ्नो कार्यकालमा अस्पताललाई जिल्लाकै नमुना अस्पताल बनाउने जोडतोडका साथ लागेको दुबै जना बताउंछन् ।

विगतमा चिकीत्सक नहुदां समस्या झेल्नुपरिरहेको भीममा हाल प्रसुतिरोग विशषज्ञ समेत रहेका मे.सु. डा. अनन्तकुमार शर्मा, स्त्री रोग विशषज्ञ डां विमल ढकाल, न्यूरो सर्जन डा. डम्बर विक्रम शाह र मेडिकल अधिकृतहरुमा गौरब देवकाटा, मन्जिला घिमिरे, सुवोध बस्याल, सुनिता लम्साल, अर्थोपेडीक विशषज्ञ डा. सोम आले, डा. रन्जीता महतोले सेवा दिईरहेका छन् ।

सरकारी बजेटको मात्रै मुख ताकेर सधैं योजना बनाउने भीम अस्पतालले आफ्नो आन्तरिक आम्दानीको स्रोतको सहि व्यवस्थापन गरेसंगै झन यस्को सेवा विस्तार र व्यवस्थापनमा सहजता आएको हो । विक्रम सम्बत ०४१ सालदेखी आफ्नो स्वामित्वका ३४ वटा सटर भाडामा लगाउदैं सो अस्पतालले नयां व्यवस्थापन आएसंगै समय सापेक्ष सटर भाडा व्यवस्थापनकोलागी टेन्डर गर्न सफल भयो । वर्षौदेखी टेन्डरमा जान नसेको सो सटरलाई नयाँ अध्यक्ष पन्थिको अडानको कारण टेन्डर भएरै छाड्यो । टेन्डर मार्फत सटर भाडामा गए पश्चात अस्पतालको आम्दानी सात गुना बढेको छ । पहिले वार्षिक करिब १० लाख आम्दानी हुने गरेकोमा अहिले ७० लाख पुग्ने गरेको छ । जसबाट आन्तरिक व्यवस्थापनमा आर्थिक कठिनाई टरेको छ ।

सधैं फोहर र गन्हाउने अस्पताल अहिले चिटिक्क परेको छ । अस्पतालमा सरसफाई, फोहरमैला व्यवस्थापनलाई विशेष ध्यान दिइएको छ । अस्पतालका बेडहरुको सफाई, शौचालयको सफाई देखी लिएर वार्डहरुमा मच्छेडदानीको रोक्न सबै ढोका झयालमा जालीको व्यवस्थापन पनि भएको छ । इमरजेन्सी सेवालाई अपडेट गर्दै इसीजि र एक्सरे प्यानलको पनि सही व्यवस्थापन भएको अध्यक्ष पन्थि बताउंछन् । अस्पतालमा अहिले सरकारले प्रदान गर्ने भनेको विभिन्न प्रकारका औषधीहरु विपन्न र असहायलाई वितरण गर्दै आएको छ ।

२५ शैयाको स्वीकृत पाएको सो अस्पतालले ५८ शैया बेड सञ्चालनमा गर्दै आएकोछ । अब एक सय शैया पुर्याउनको लागी मन्त्रालय र विभागमा पहल भईरहेको अस्पताल स्रोतले जनाएको छ । अस्पतालको दीर्घकालिन विकासकोलागी मास्टर प्लान नै बनाई कार्यक्रम अगाडी सारेको अस्पताल परिसरमा सुविधा सम्पन्न पोस्ट मार्टम गृह निर्माणको कार्य पनि शुरु भएको छ । अस्पतालले टेन्डर प्रक्रिया मार्फत शब तथा पोस्ट मार्टम गृह निर्माणको ठेक्का प्रीतम बिल्डर्सलाई दिइसकेको छ । नेपाल र दक्षिण कोरियन सरकारको संयुक्त लगानीमा सामन्य अप्रेशनको लागी आवश्यक भौतिक पुर्वधार समेत तयार गरिसकेको अस्पतालले प्रस्तुती विभागको उच्च व्यवस्थापन गरिरहेको छ ।












प्रतिक्रिया