कास्की, २३ वैशख । गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालय पोखराको लापरवाहीले हद नाघ्दा सेवाग्राहीले सास्ती बेहोर्नु परेको छ ।
सवारी दर्ता गर्ने अड्डाको रुपमा रहेको कार्यालयले गर्ने काम कति लापरबाहीपूर्ण हुने गर्छ भन्ने घटना पटक–पटक देखिदै आएको छ । तर, पनि लापरबाही रोकिएको छैन बरु बढ्दै गएको फेहरिस्तहरु पाइएको छ ।
यातायात व्यवस्था कार्यालय गण्डकीले सवारी दर्ता गर्दा सवारी दर्ता किताबको विवरण फाइल र ढड्डाको विवरण समेत नमिलाई दर्ता गरिदिंदा सेवाग्राही समस्यामा पर्ने गरेका छन् ।
यस्तै पछिल्लो विवरण सार्वजनिक भएपछि लापरबाहीको श्रृंखलालाई पुष्टी गराएको छ । केहि दिन मात्र अगाडी पोखरामा २ वटा स्कुटर एउटै नम्बरमा फेला परेपछि उक्त प्रकरण सम्बन्धमा कार्यालयका कर्मचारीहरुको लापरबाही पुष्टि भएको हो ।
ग८प७९१२ नम्बरमा २ वटा स्कुटर दर्ता रहेको पाइएको छ । कुबर ब्रदर्शको सोरुमबाट बिक्री गरिएका डियो ब्राण्डका स्कुटर दुबैको सवारी दर्ता किताब (ब्लु बुकमा) एउटै नम्बर पाईएको छ ।
सवारी धनी पोखरा ५ का केदारनाथ बरालको नाममा रहेको डियो स्कुटर र वालिङ ९ स्याङ्जाकी रिता कुमारी रानाको नाममा रहेको डियो स्कुटर दुबैको नम्बर ग८प ७९१२ उल्लेख गरिएको छ ।
यातायात व्यवस्था कार्यालय गण्डकीको रेकर्ड ढड्डा र फाइलमा भने फरक नम्बर पाइएको छ । फाइलबाट ढड्डा र ढड्डाबाट ब्लु बुकमा रेकर्ड लेखिने गरिएको छ ।
त्यसरी लेखिएको विवरण कार्यालयका शाखा अधिकृतले प्रमाणित गरेर सेवाग्राहीलाई ब्लुबुक दिइने प्रावधान छ । तर, त्यसरी दिएको प्रमाणित कागज पुर्जा मै गलत विवरण दिइएपछि निमुखा जनताले सास्ती पाएका छन् ।
सरकारी कार्यालयका कर्मचारीले ढड्डा र ब्लबुकको विवरण नै नभिडाइकन दस्तखत गरेर ब्लुबुक दिने गरेको पाइएको छ ।
स्कुटर बिक्री गर्ने सो रुमका कर्मचारीहरुले आफै सरकारी ढड्डा फाइल र ब्लुबुक भर्ने गरेका कारण पनि सरकारी कार्यालयको काममा अनियमितता बढ्ने गरेका छन् ।
यि दुई स्कुटरको एउटै नम्बर प्रकरणमा सवारी करमा समेत गोलमाल भएको आशंका उब्जिएको छ । वार्षिक कर असुल गर्दा पनि गोलमाल पाइएको छ ।
ग८प ७९१२ नम्बर दुइवटै स्कुटरको ब्लुबुक दिइएपनि ढड्डामा केदारनाथ बरालको नाम उल्लेख छ भने कर दाखिलामा दुई वटै नम्बरका ब्लुबुकमा समावेश गरिएको छ ।
एउटै नम्बरका दुई वटा स्कुटरका ब्लुबुक जारी भएपछि कर असुलीमा पनि अनियमितता फेला परेको छ । ब्लुबुकका आधारमा कर तिरेका कारण दुबै नम्बरको स्कुटरको एउटैमा कर दाखिला भएको छ भने ग८प ७९१९ नम्बरमा पोस्टिङ गरिएको ।
७९१९ नम्बरमा पोस्टिङ हुन आएको रकम ०७१/७२ को कर रकमको बिल नम्बर मेल खा“दैन । कुनै अर्कै नम्बरको सवारी कर बैंक र कर्मचारीको लापरबाहीका कारण मिस्पोस्टिङ भएको हुन सक्ने देखिएको छ । कोबाट कसको रकम पोस्टिङ कुन नम्बरमा भयो भन्ने समेत बुझ्नु पर्ने भएको छ ।












प्रतिक्रिया