१७ कार्तिक २०८३, मंगलबार

लागूपदार्थसहित बेलहियामा नाकामा रामबहादुर थापा पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rambahadur Thapaभैरहवा, २३ वैशाख । लागूपदार्थ सहित नेपाल भारत सिमा नाका बेलहियाबाट बुधबार एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रे जिल्ला भुमेडाडा कलाती–५ का ३५ वर्षीय युवक रामबहादुर थापा रहेको लागूऔषध नियन्त्रण शाखा कार्यालय भैरहवाले जानकारी दिएको छ ।

पाइन्टको पछाडि दाहिने खल्ती भित्र लुकाई भारतको सुनौली तर्फबाट भैरहवा आउँदै गरेका थापासंग रहेको ब्राउन सुगर ३५ ग्राम ७०० मिलिग्राम र चरेस ३ ग्राम २०० मिलिग्राम सहित उनलाई पक्राउ गरेको हो ।