१७ कार्तिक २०८३, मंगलबार

प्रधानसेनापति क्षेत्रीले अमेरिकामा राष्ट्रसंघका उच्चपदस्थ पदाधिकारी भेटे (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chettri-Usa (5)

काठमाडौं, २२ वैशाख । अमेरिका भ्रमणमा रहेका प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले मंगलबार न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयका उच्चपदस्थ पदाधिकारीहरुसंग भेटवार्ता गर्नु भएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधान सेनापति क्षत्रीले डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स डीपीएका अण्डर सेक्रेटरी जनरल जेफ्रे फ्ल्याटम्यान, डिपार्टमेन्ट अफ फिल्ड सपोर्ट डीएफएसका अण्डर सेक्रेटरी जनरल अतुल खारे, डिपार्टमेन्ट अफ पीसकिपिङ अपरेशन डीपीकेओका असिस्टेन्ट सक्रेटरी जनरल टिमीट्री टिटोभसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

त्यसैगरी, क्षेत्रीले चीफ डी क्याविनेट एचइ एडमन्ट मुलेट तथा डेपुटी मिलिटरी एड्भाइजर मेज जनरल एडरेन फोस्टरसँगसंग संयुक्त रुपमा भेटवार्ता गरेका छन् । न्युयोर्कस्थित नेपालका स्थायी नियोग प्रतिनिधि तथा राजदूत दुर्गा प्रसाद भट्टराई एवम् नेपाल प्रमानेन्ट मिसन टिमका पदाधिकारीहरुसंग भेटवार्ता र अन्तरक्रिया पनि गरेका थिए ।

उक्त भेटवार्ताको क्रममा उनीहरु बीच संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रको हैसियतले नेपालले संयुक्त राष्ट्र संघको वडापत्रमा उल्लेखित सिद्वान्त र संयुक्त राष्ट्रसंघको अनुरोधमा विश्व शान्तिको लागि नेपाली सेनाले पुर्याउंदै आएको बहुआयामिक योगदानका बिषयवस्तुहरु र आगामी दिनमा गरिने सहयोग र सहकार्यका क्षेत्रलाई विस्तार गर्ने लगायत अन्य विविध बिषयहरुमा छलफल भएको थियो ।

उक्त औपचारिक भ्रमण सम्पन्न गरी प्रधान सेनापति क्षत्री विहीबार स्वदेश फर्किने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ ।

Chettri-Usa (1) Chettri-Usa (2) Chettri-Usa (3) Chettri-Usa (4) Chettri-Usa (5)