१७ कार्तिक २०८३, मंगलबार

विद्यार्थी नेता कुट्ने मण्डललाई प्रहरीले रातारात छाड्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Siraha

– सन्तोष कुमार
सिरहा, २२ बैशाख । संघीय समाजवादी विद्यार्थी फोरमका केन्द्रिय सदस्य विजय यादबलाई कुटपिट तथा दुव्र्यवहार गरेका लहान नपा १९ छरापट्टीका सत्यनारायण मण्डललाई लहान प्रहरीले रातारात छाडेको छ ।

मण्डलले मँगलवार साझ विद्यार्थी नेता यादबलाई ज्यान मार्ने धम्की दिँदै लहानस्थि मालपोत कार्यालय नजिकै कुटपिट तथा दुव्र्यवहार गरेको थियो । तत्कालै यादबले प्रहरीलाई जानकारी गराएपछि मण्डललाई घटनास्थलबाटै पक्राउ गरेको थियो ।

मण्डल पक्राउ परेपछि काँग्रेस नेताहरुले ईलाका प्रहरी कार्यालय लहानका इन्सपेक्टर कबिर प्रधानलाई दबाब दिएका थिए । काँग्रेस नेताहरुको दबाबका कारण इन्सपेक्टर प्रधानले गएराति १० बजे मण्डललाई जमानतमा छाडेको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी प्रहरी सहायक निरीक्षक राजेन्द्र यादबले जानकारी दिए ।

पीडित यादबका अनुसार मण्डलमाथि रहेको रु. ४० हजार रुपैयाँ माग्दा उल्टै गाली गलौज गर्दै आफूलाई कुटपिट तथा दुव्र्यवहार गरेको थियो । उनले ज्यान मार्ने धम्की दिँदै कुटपिट तथा दुव्र्यवहार गरेका मण्डललाई कारबाही गर्नुको साटो रातारात छाडेपछि आफू असुरक्षित भएको बताए ।