३० आश्विन २०८३, शुक्रबार

मोदीको भाषणले लुम्बिनीमा तरंग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-nepal-samsad

सिद्धार्थनगर, १९ साउन । नेपाल भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्रीले बुद्ध नेपालमा जन्मेको भनी संसद्मा नै भाषण गरेपछि लुम्बिनीवासी खुसी भएका छन् ।

भारतका कतिपय नागरिकले नै पटकपटक लुम्बिनी भारतमा पर्छ भन्ने गलत प्रचारप्रसारबाट आजित भएका यहाँका बासिन्दा प्रधानमन्त्री मोदीले नै हिंसाको अन्त्य बुद्धभूमि नेपालबाट भएको भन्ने भाषणले खुसियाली बनाएको लुम्बिनी विकास कोषले जनाएको छ ।

संयुक्त राष्ट्र संघबाट समेत नेपालमा नै बुद्ध जन्मेको प्रमाणित गरिसक्दा पनि भारतका कतिपयले यस वास्तविकतालाई वेवास्ता गरेको बेलामा भारतीय प्रधानमन्त्री नेपालमा आएर बुद्धको देश नेपाल भन्दै पटकपटक भाषण नै गरेपछि गलत सन्देश फैलाउनेका लागि राम्रो जवाफ मिलेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ओम अर्यालले बताउनुभयो ।

विश्वको ध्यान आकर्षित गरिरहेको लुम्बिनीको विषयमा भारतका प्रधानमन्त्रीले प्रशंसा गर्दा आफूहरुलाई आनन्दित बनाएको लुम्बिनीका स्थानीय बासिन्दा बिन्दु चौहानले भन्नुभयो ।

लुम्बिनीमा वर्षौंदेखि ध्यान गरिरहेका बौद्ध भिक्षुहरुसमेत भारतका प्रधानमन्त्रीको नेपाल भ्रमण र बुद्धको देश नेपाल भनेर भाषण गरिरहँदा लुम्बिनीको गरिमा उँचो रहेको भन्दै खुसियाली मनाएका छन् । रासस