
– राजकुमार ओली
झापा, २० वैशाख । विर्तामोडको मेची आँखा अस्पतालमा विरामीको मुत्यु भएको विषयमा जिफन्ट कर्मचारी र प्रशासनबीच विवाद भएसँगै अस्पतालको सेवा प्रभावित हुने भएको छ ।
आँखा उपचार गर्न आएका विरामीको मुत्यु भएको विषयमा मेची आँखा अस्पतालले कर्मचारीलाई निष्कासन गरेकोमा आफूहरुको गम्भिर ध्यानाकार्षण भएको भन्दै जिफन्ट मेची आन्दोलन गर्ने भएसँगै सेवा प्रभावित हुने भएको हो ।
गत १० मार्च मा फागुनमा आँखा उपचार गर्न आएका आँखाका विरामीको अप्रेसन गर्दागर्दै मुत्यु भएपछि प्राविधिक नमुना भट्टराइलाई जागिरबाट निष्कासन गरिएको विषयमा जिफन्टले पुर्नबहालीको माग गर्दै आन्दोलन गर्ने बताएपछि मेची आँखा अस्पताल विवादमा तानिएको हो । भारत पश्चिम बगाँलका ७४ वर्षीय सुवास बोसको आँखा अप्रेशनको क्रममा अस्पतालभित्रै मुत्युपछि विर्तामोडस्थित विर्ता सिटी अस्पताल लगिएको र अस्पतालले विरामीको मुत्यु भैइसकेको जनाएको थियो ।
मेची आँखा अस्पतालले पोष्र्टमार्टम विना नै आफन्तलाई शव बुझाएको र त्यस घटनामा हेलचक्राई गरिएको बताँउदै प्राविधिक भट्टराईलाई निष्कासन गरिएको जिफन्टले जानकारी दिएको छ, तर भट्टराइ उक्त दिन अस्पतालमा नभइ विदामा घर मै बसेकाले आफ्नो सदस्यमाथि कुनै गल्ति नै नगरि कारवाही गरिएकोले पुर्नवहाली नगरे आन्दोलन गर्ने जनाएको जिफन्ट मेचीका अध्यक्ष सन्त कुमार राइले बताए । जिफन्टमा आवद्ध भएको भन्दै नमुनालाई कारवाही गरिएको र बाहना बनाएर निष्कासन गरिएको राइको आरोप छ ।
उता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पुरुषोत्तम जोशीले अप्रेसन आफूले गरेको र नमुनालाई अप्रेसनको विषयमा कारवाही नगरि उनको अरु नै गल्तिको कारणले निष्कासन गरिएको बताए ।
अस्पतालका प्रसासकिय प्रमुख सुरज रौनियारले भने अस्पताल भित्र कुनै सघठन गर्न र सस्था बनाउन नहुने जानकारी दिँदै नमुनाको कारवाही सामान्य भएको र सघठन गर्न अस्पतालभित्र नपाइने बताए । अस्पताल भित्र जिफन्टको नाममा सघठन गर्न नपाइने उनले बताए ।
हाल सम्म अस्पतालभित्र ४ जनाको मुत्यु भएको अस्पतालले जनाएको छ भने धनकुटा र ताप्लेजुङमा गरिएको शिविरबाट आएका विरामीको समेत मृत्यु भएको जानकारी दिदै डाक्टर जोशीले आँखा अस्पतालमा यस्ता घटना भइरहको स्विकारे । रेटिना विषेशज्ञले नेपाल सरकारबाट २ वर्षको कोर्ष गरेर मात्रै आँखाको अप्रेशन गर्न पाउने तर त्यो तालिम डाक्टर जोशीले नलिएको कारणले विरामीको मुत्यु हुने गरेको जिफन्टको आरोपको बारेमा डाक्टर जोशीले आफूले नेपालबाट कोर्ष नगरे पनि जर्मनबाट ३ महिने कोर्ष गरेको बताए ।
आँखा अस्पतालमा हाल दैनिक ५ सयको हाराहारीमा आँखाको विरामी उपचार गर्न आउने गरेका छन । गत वर्षमात्रै १ लाख ६० हजार विरामीले उपचार गराएका अस्पतालले जनाएको छ । ९० प्रतिशत विरामी भारतीय हुने गरेको र भारतीय विरामीलाई लक्षित गरि झापाका आँखा अस्पतालले सेवा प्रदान गर्दै आएका छन् ।
२२ वर्ष पहिले विर्तामोडमा सञ्चालन गरिएको यो आँखा अस्पतालबाट ठूलै फाइदा हुने देखेर हाल विर्तामोडमा मात्रै २ वटा र काकरभिट्टामा १ बटा शाखा आँखा अस्पताल सञ्चालन गरिदै आएको छ ।












प्रतिक्रिया