काठमाडौँ, २० वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरलले बुद्ध दर्शनको सुरुवात नेपालमा भएको भन्ने सत्यलाई विश्वसामु प्रमाणित गर्र्ने उद्देश्यले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्न लागेको बताउनुभएको छ ।
बौद्ध सङ्संस्थाहरुबीच २५६० औँ अन्तराष्ट्रिय बुद्धजयन्ती तथा अन्तराष्ट्रिय गोष्ठीसम्बन्धी पूर्व तयारीसम्बन्धी आज यहाँ आयोजित कार्यक्रममा उहाँले बुद्ध दर्शनको भुमि नेपाल भएर पनि सही रुपमा बुद्धप्रतिको न्यायका लागि सम्मेलनको आवश्यकता रहेको स्पष्ट पार्नुभयो ।
“बुद्ध नेपालमा जन्मिएका हुन भन्ने संसारलाई थाहा छ, जन्मभूमि मात्र नभएर बुद्ध दर्शनको मुलभूमि नेपाल नै भएको भन्ने स्थापित गर्न बाँकी छ, त्यो सम्मेलनले पूरा गर्नेछ”–मन्त्री पोखरेलले भन्नुभयो ।
मन्त्री पोखरेलले नेपालमा बुद्ध दर्शनको सुरुवात भएपनि यो दर्शनले सिङ्गो मानव जातिको नेतृत्व गरेको उल्लेख गर्दै नेपालले बुद्धभूमिप्रति उत्तरदायित्व लिन सम्पूर्ण बुद्धका अनुयायीहरु एक हुन आग्रह गर्नुभयो ।
गौतमबुद्ध जन्मनुभन्दाअघि पनि नेपालमा बुद्धको अस्तित्व रहेको भन्दै उहाँले दरबार, परिवार र श्रीपेच एकैपटक त्याग गरेकोे सत्यलाई सैद्धान्तिक रुपमा अध्ययन गर्दा गौतमबुद्ध बुद्धत्व प्राप्त गरेरै जन्मिएको पुष्टि भएको बताउनुुभयो ।
आगामी जेठ ६,७ र ९ गते २५६० औँ अन्तराष्ट्रिय बुद्धजयन्तीका मनाउने तय भएको छ । कार्यक्रममा सहभागि बौद्ध धर्मका विभिन्न संङ्घ-संस्थाका प्रतिनिधिहरुले बुद्धभूमिप्रतिको न्यायका लागि अन्तराष्ट्रिय बुद्धजयन्ती मनाउने सरकारको महत्वपूर्ण कदम भएको विचार राख्नुभएको थियो ।













प्रतिक्रिया